सन्न्यासपछि आरामसँग बसेर भारत-पाकिस्तानबीच म्याच हेर्न चाहन्छन् फिञ्च

IMG-20221029-WA0127.jpg

२९ अक्टोबरः भारत र पाकिस्तानबीच क्रिकेट मैदानमा हुने लड़ाइँको रोमाञ्चको मजा सबैले लिन चाहन्छन्। समस्त काम-काज छोड़ेर पनि क्रिकेटप्रेमीहरू टेलिभिजन स्क्रीन अघि बसेर या फेरि स्टेडियममै उपस्थित रहेर म्याचको मजा लिन चाहन्छन्। यी दुई चीरप्रतिद्वन्द्वी टीमबीच गत केही सालदेखि केवल आईसीसी इभेण्ट्समा म्याच हुने गर्छ। यसले भारत-पाक म्याचको रोमाञ्च झन् बढ़ेर गएको छ। अष्ट्रेलियाका टी२० कप्तान एरोन फिञ्च पनि यस कुरासँग सहमत छन्। फिञ्चले बताएअनुसार, खेलबाट सन्न्यास लिएपछि उनी आरामसँग बसेर भारत र पाकिस्तानबीच म्याचको मजा लिन चाहन्छन्। मेलिण्डा फेरलसँग यूट्यूब च्यानलमा कुराकानीको क्रममा फिञ्चले भने, परिणाम जे-जस्तै भए पनि भारत-पाकिस्तान म्याचको रोमाञ्च नै अलग हुन्छ। म वास्तवमा घरमा थिएँ अनि अत्तालिएको थिएँ। म बिड अप् देखेर अचम्भित थिएँ कारण मलाई म्याचको महत्त्व थाहा थियो। सन्न्यासपछि म कहीँ गएर आरामसँग भारत-पाकिस्तान म्याच हेर्न चाहन्छु। म त्यस दिनको प्रतीक्षा गरिरहेको छु।
पाकिस्तान विरुद्ध म्याचमा कोहलीले अविजित ८२ रनको म्याच जिताउने ईनिंग्स खेलेका थिए। फिञ्चले भने, त्यो विराट कोहलीको मास्टर क्लास थियो। त्यस समय म्याचमा केवल तीन ओभर बाँचेको थियो अनि तपाईं क्रीजमा रहँदा परिणाम केही पनि हुन सक्छ। यस्तो दबाउको परिस्थितिमा कोहलीले परिपक्वताको साथ ब्याटिंग गरे। यसरी नै शुक्रवार अष्ट्रेलिया र ईंग्ल्याण्डबीच म्याच वर्षाले गर्दा रद्द हुँदा फिञ्चले निराशा व्यक्त गरे। उनले भने, मैले यस स्टेडियममा अहिलेसम्मको सबैभन्दा खराब अनुभव देखे। रनअप् एउटा वास्तविक मुद्दा थियो अनि आन्तरिक घेरा वरिपरि मैदान एकदमै भिजेको थियो। त्यो खेलाड़ीका सुरक्षाको निम्ति सही थिएन। हामीले यसअघि जिम्बाब्वेका खेलाड़ीहरूलाई यस्तो परिस्थितिमा मैदानमा चिप्लिएर लड़ेको देखेका थियौं। मेलबर्नमा यस्तो वर्षा पहिला देखेको थिइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement