फीफा विश्व कपः महिला रेफरीदेखि अफ् साइड टेक्नोलजीसम्म

IMG-20221029-WA0090.jpg

२९ अक्टोबरः फीफा फूटबल विश्व कप २०२२-को शुरुवात नोभेम्बर महिनादेखि हुनेछ। कतरमा हुने यस विश्व कपको तयारीहरू लगभग पूरा भइसकेको छ अनि सबै टीमहरूले पनि आफ्नो तयारीलाई अन्तिम रूप दिने काम शुरु गरिसकेको छ। यसपाली पहिलोपल्ट फीफा विश्व कपको आयोजन कुनै अरब देशमा हुन गइरहेको छ। यसरी नै यसपाली यस्ता धेरै कुराहरू रहेको छ, जुन फीफा विश्व कपमा पहिला कहिले भएको थिएन। यहाँ त्यही कुराहरूबारे चर्चा गरिँदैछः
सेमि अटोमेटेड अफ् साइड तक्निकः कतरमा हुने विश्व कप २०२२-मा पहिलोपल्ट सेमि अटोमेटेड अफ् साइड टेक्नोलजीको प्रयोग गरिनेछ। यसबारे फीफा अध्यक्ष जियानी इन्फेण्टिनोले भनेका छन्, सेमि अटोमेटेड अफ् साइड तक्निक विश्वभरि लागू गरिएको भीएआर सिस्टमको एउटा विकास हो। सेमि अटोमेटेड अफ् साइड टेक्नोलजी र कनेक्टेड बल टेक्नोलजी-को वर्कफ्लोलाई धेरैपल्ट इभेण्ट्समा सफलतापूर्वक ट्रायल गरिएको छ। फीफा अरब कप २०२१ अनि फीफा क्लब वर्ल्ड कप २०२१-सहित फीफा टुर्नामेण्टमा यसको प्रयोग गरिएको थियो। यी म्याचहरूका अवधि यस तक्निकद्वारा कम्ती समयमा अधिक सटीक निर्णय लिनमा सहायता पुगेको थियो।
पाँच सब्स्टीट्यूडः कोरोना महामारी आएपछि हरेक टीमलाई तीनको बद्ली पाँचजना खेलाड़ी बद्लिने अनुमति दिइएको थियो। यो नियम फीफा वर्ल्ड कपमा पनि लागू रहनेछ। इण्टरनेशनल फूटबल एसोसिएशन बोर्डले जून महिनामा यस फसेलाको घोषणा गरेको थियो। क्लब फूटबलमा यस नियमलाई सफलतापूर्वक प्रयोगमा ल्याइयो अनि सबै टीमहरूलाई यस नियमले फाइदा भयो। विश्व कपको अवधि पनि यस नियमले प्रशिक्षकहरूलाई नयाँ रणनीति बनाउनमा सहायता गर्नेछ।
हरेक टीममा २६ जना खेलाड़ीः अहिलेसम्म हरेक टीममा जम्मा २३ जना खेलाड़ी हुन्थ्यो तर कोरोना महामारीपछि यस संख्यालाई बढ़ाएर २६ गरियो। यस विश्व कपमा पनि हरेक टीममा २६ जना गरेर खेलाड़ी रहनेछन्। यूरोपियन च्याम्पियनशीप (यूरो कप) र कोपा अमेरिका कपमा पनि हरेक टीमलाई २६ जना खेलाड़ी राख्ने अनुमति दिइएको थियो।
महिला रेफरीः फीफा पुरुष विश्व कपको इतिहासमा पहिलोपल्ट कुनै महिला रेफरीले म्याचको सञ्चालन गर्नेछिन्। यस वैश्विक टुर्नामेण्टको निम्ति ३६ जना रेफरी चयन गरिएको छ। यसमा तीनजना महिला रेफरी सामेल छिन्- यामाशिता योशिमी, सलीमा मकांसंगा र स्टेफनी फ्रेपार्ट। यसबाहेक नूजा बेक, करेन डियाज मदीना र क्याथरीन नेस्बिट पनि ६९ जना सहायक रेफरीहरूमा सामेल छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement