२९ अक्टोबरः नमुना परिवार टिङलिङ चियाबारीको तत्त्वावधानमा यस वर्ष पनि च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय गढ़ी खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यस टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्। इच्छुक टीमहरूले निम्न उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्ः
९८०००५९३६४
९७३३४४३९६७
८२५००९८३२३









