चीन ओपनको सेमिफाइनलमा पुगे जोकोविच, तोड़े नडालको रेकर्ड

IMG-20261005-WA0041

बेजिंग: नोवाक जोकोविचले चीन ओपन २०२६-को क्वार्टर फाइनलमा अलेक्जेण्डर ज्वेरेवविरुद्ध असाधारण प्रदर्शन गर्दै ४-६, ६-४, ६-४-ले जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गरे। यस जीतको साथै उनले कुनै एउटा टुर्नामेण्टमा अजेय रहेर सर्वाधिक म्याच जित्ने स्पेनिश दिग्गज रफायल नडालको लामो समयदेखि चलिरहेको रेकर्डलाई तोड़े। जर्मनीका ज्वेरेवविरुद्ध जीतको साथ चीन ओपनमा सर्बियाका दिग्गज टेनिस खेलाड़ी जोकोविचको रेकर्ड ३२-० पुगेको छ। उनी ओपन एरामा कुनै एउटा टुर्नामेण्टमा लगातार ३२ वटा म्याच जित्ने पहिलो पुरुष खेलाड़ी बनेका छन्। यसअघि यो रेकर्ड नडालको नाममा रहेको थियो, जसले रोलाँ ग्यारोमा लगातार ३१ वटा म्याच जितेका थिए अनि २००९-मा चौथो राउण्डमा रबिन सोडरलिगविरुद्ध उनले पहिलोपल्ट हारको सामना गर्नु परेको थियो। जोकोविच लामो समयपछि बेजिंग आएका छन्। यसैकारण उनको निम्ति यो उपलब्धि अझ खास बनेको छ। सर्बियाका ३९ वर्षीय दिग्गज २०१५ पछि पहिलोपल्ट टुर्नामेण्टमा खेलिरहेका छन्। त्यस समय उनले यस टुर्नामेण्टमा आफ्नो छैटौं खिताब जितेका थिए। उनले चीन ओपनमा २००९, २०१०, २०१२, २०१३, २०१४ र २०१५-मा ट्रफी जितेका छन्। अब सेमिफाइनलमा जोकोविचको भिड़न्त रुसका दानिल मेदवेदेवसँग हुनेछ। तेस्रो वरीयता प्राप्त मेदवेदेवले क्वार्टर फाइनलमा फ्रान्सिस्को सेरुण्डोलोलाई ७-६ (४), ६-३-ले पराजित गरे। यसबीच महिला एकलमा विश्वकी दोस्रो नम्बरकी खेलाड़ी आर्यना सबालेंकाले तेस्रो राउण्डमा चेक गणराज्यकी निकोला बारतुंकोवाविरुद्ध सीधा सेटमा हारको साथ टुर्नामेण्टबाट बिदा लिइन्। विश्व ऱ्याङकिंगमा ३४औं स्थानमा रहने बारतुंकोवाले लगभग डेढ़ घण्टामा ४ पल्टकी ग्राण्ड स्ल्याम विजेता सबालेंकालाई ६-४, ६-३-ले पराजित गरिन्। यसको साथै टुर्नामेण्टको पहिलो हप्तामा शीर्ष दुई वरीयता प्राप्त खेलाड़ीले बिदा लिइन्। हालै विश्वकी नम्बर एक खेलाड़ी बन्ने एलिना रायबाकेना शनिवार नै टुर्नामेण्टबाट बाहिर भएकी थिइन्।

About Author

Advertisement