सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको सांगठनिक सभा पार्टीको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको उपस्थितिमा अनि जयनारायण ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको छ। यस सभामा स्वागत सम्बोधन बबिन्द्र राईले राखेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको महासचिव एवं पञ्चायत समिति सदस्य भक्तिमान तामाङ र किशोर छेत्रीले सम्बोधन गरेका थिए।
उक्त सभामा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ समष्टि कमिटीमा सभापति मनकुस राई, उप सभापतिद्वय जयनारायण ढुंगेल र प्रितम राई, सचिव बविन्द्र राई, सह सचिवद्वय नर्बु तामाङ र विकास तामाङ, कोषाध्यक्ष निमछिरिङ तामाङ लगायत २५ जनाको कार्यकारी सदस्यहरू चयन भएका छन्। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापा, खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाईली, महासचिव भक्तिमान तामाङ, युवा शक्ति खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्र, भूतपूर्व सैनिक संगठनका प्रतिनिधिवर्ग साथै अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा पञ्चायत समितिको तीनजना सदस्यहरु क्रमैले विभा गुरुङ, निक्षेन तामाङ अनि निता शंकरको घर वापसी हुँदै पुनः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस सांगठनिक सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पचेङ समष्टिको सचिव बबिन्द्र राईले सोनादा पचेङ समष्टिको नयाँ समष्टि कमिटी गठन गरिएको छ र अब यस समष्टिमा सांगठनिक गतिविधि तीब्र गरेर लाने बताएका छन्। उनले आहामी दिनमा पार्टी अध्यक्ष अनित थापाको नेतृत्वमा र निर्देशनमा पार्टीको सांगठनिक गतिविधि गर्दै लाने बताएका छन्।





