खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको २५ वर्षको देश सेवा तथा जन्मदिनको अवसरमा सञ्चालन भइरहेको ‘सेवा संकल्प अभियान’ अन्तर्गत आईतवार खरसाङ महकुमा अन्तर्गत पंखाबारी अम्बटे खरसाङ मण्डल अन्तर्गत अम्बटे क्षेत्रमा रक्तदान शिविर कार्यक्रम सम्पन्न गरियो। यस रक्तदान र सेवामूलक कार्यक्रममा मण्डल अध्यक्ष बिनिता सुब्बा, जिल्ला पदाधिकारीहरू, पञ्चायत तथा समिति सदस्यहरू एवं पार्टीका अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसको साथै वरपरका गाउँका स्थानीयवासीहरूले उत्साहपूर्वक सहभागी भई रक्तदान गरेर मानव सेवाप्रति आफ्नो अमूल्य योगदान दिएका थिए।





