अलिपुरद्वार: फलकाटा ब्लकको जटेश्वर श्मशान गृहको छेउमा रहेको क्षेत्रमा शनिबार बदाम र जुटको गोदाममा आगलागी भयो। आगलागीको जानकारी पाएलगत्तै फलकाटा दमकलको इन्जिन घटनास्थलमा पुगेर आगो निभाएको थियो। पपई आइचको गोदाममा आगलागी भएको बताइएको छ। तर, आगलागीको ठोस कारण भने खुल्न सकेको छैन। गोदामका सञ्चालक पपई आइचले भने, ‘विहान गोदाममा आगो देखेपछि म दौडेर गोदामतिर गएँ। करिब ६० देखि ७० हजार रुपैयाँ बराबरको क्षति भएको मालिकले बताए।









