लाब्दा खास प्राथामिक पाठशाला बने मङ्पु वार्षिक दिपावली खेलकुदमा च्याम्पियन

23-31-33-KHE-1024x533.jpg

मङ्पु:: आज मङ्पु सिन्कोना बगान व्यवस्थापक गोपाल लामीछानेको अध्यक्षतामा मङपू वार्षिक दिपावली खेलकुद समारोह मङ्पु जनमैदानमा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथि जीटीए अध्यक्ष अनित थापाले परेडको सलामी ग्रहण गरे। यसरी मङपू सन्त जोसेप स्कुल, सन्तमंगल एकाडमी, हिल एन्जल्स, ज्ञानपीठ स्कुल, सरस्वती स्कुलका विद्यार्थीहरूले मार्चपास तथा परेड खेले। आज केटाहरू माझ राखिएको खुल्ला म्यराधन दौडमा बिकास भुजेल कालेबुङ प्रथम, बिशाल छेत्री कालेबुङ दोस्रो अनि रोशन मुन्डा गोरुबथानले तेस्रो स्थान ओगट्न सफल रह्यो। यसैगरी, आज सम्पन्न भएको अन्तर विद्यालय विभिन्न खेलकुद प्रतियोगितामा लाब्दा खास प्राथामिक पाठशाला च्याम्पियन बन्यो भने सन्त जोसेप स्कुल दोस्रो अनि शिक्षा ज्योती प्राथमिक पाठशाल तेस्रो स्थान ओगट्न सफल भयो। आज खेलकुद समारोह अनि मेलामा मङपु फोटोग्राफी सोसाइटीले फोटो प्रदर्शनी पनि राखेको थियो। आयोजक समितिका सचिव राम पोखेलले स्वागत भाषण राखे। आज पहिलो दिन अन्तर विद्यालय माझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भयो भने भोलि मङपु खेलकुद संघको आयोजनमा अन्तर विभागीय खेलकुद अनि नृत्य प्रस्तुत हुने भएको छ। यसवाहेक केटीहरु माझ खुल्ला म्याराथन दौड प्रतियोगिता अनि प्रमुख आकर्षण सिङगी नृत्य प्रस्तुत हुनेछ। आजको कार्यक्रममा विशिष्ट अतिथिहरु सभासद रतन थापा, जीटीए उपाध्यक्ष राजेश चौहान, सभासद डेन्डुप पाख्रीन लगायत अन्य उपस्थित थिए।

About Author

Advertisement