मणिपुर: सीमा पर्खालले बस्ती छुट्याउला, मन छुट्याउदैन: इबोबीको चेतावनी

IMG-20261004-WA0050

इम्फाल: मणिपुरका पूर्व मुख्यमन्त्री ओकराम इबोबी सिंहले भारत-म्यानमार सीमा क्षेत्रमा भइरहेको पर्खाल निर्माण र असम राइफल्सको भूमिकामाथि प्रश्न उठाउनुभएको छ।
उहाँले भन्नुभयो, “बोर्डरमा ल्यान्डस्केपको नाममा मिहाङ मिपुन चक्रकपदा असम राइफल्सले करिङ्गी थिङबा अमदी वाकपा ओमदबनो: – यो कस्तो सुरक्षा हो जहाँ आफ्नै जनताले आफ्नै खेतबारीमा जान डराउनुपर्छ?”
भाजपा सरकारले सेन्टरमा अमित शाहको इसारामा फेन्सिङ गरेर मणिपुरी जनताको ऐतिहासिक सम्बन्धलाई काट्न खोजेको उहाँको आरोप छ। ४० किलोमिटर खुला सिमाना, स्वतन्त्र आवतजावतको परम्परा र चेली-बेटीको सम्बन्धलाई तारबारले रोक्न नसकिने उहाँले बताउनुभयो।
इबोबीले भन्नुभयो, “फेन्सिङले जमिन छुट्याउला तर मन छुट्याउन सक्दैन। दिल्लीले मणिपुरको पीडा बुझेको छैन। असम राइफल्सले जनताको विश्वास जित्नुपर्छ, त्रास होइन।”
कार्यक्रममा उहाँले केन्द्र सरकारको लुक ईस्ट नीति कागजमा मात्र सीमित भएको र व्यवहारमा मणिपुरलाई सधै दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरिएको टिप्पणी गर्नुभयो।

About Author

Advertisement