मुस्ताङ: नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आई पुगेका छन्। (नेपाल-चीन) कोरलानाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका हुन्।
यससम्बन्धी जानकारी दिँदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरलानाका हुँदै मुस्ताङ आएको जानकारी दिइन्। “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” सिडियो शर्माले भने, “चिनियाँ राजदूतको सुरक्षा व्यवस्था मिलाइसकेका छौँ, उनी आज दिउँसो कोरलानाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ।’
यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नेपालका लागि चिनियाँ राजदूत तीनदिने मुस्ताङ भ्रमणका लागि लोमान्थाङ आएको जानकारी दिए। चीनियाँ राजदूतसहित पाँच जना चिनियाँ टोली र दुई जना नेपालस्थित चिनियाँ दूतावासका कर्मचारी रहेको जानकारी दिए। कोरलानाका हुँदै मुस्ताङ आउनुभएको उक्त टोली सदस्यहरु लोमान्थाङस्थित होटल मण्डलामा बस्नुभएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे। उक्त टोली लोमान्थाङबाट जोमसोम आउने कार्यतालिका रहेको छ।





