दोस्रो अन्तर विद्यालय कराते च्याम्पियनसिप २०२६मा गोरुबथानको कराते खेलाडीहरुको दमदार प्रस्तुती

IMG-20261003-WA0022

गोरुबथान: न्यु होराइजन एकेडेमी,नक्सलबारीमा सम्पन्न भइरहेको कराते च्याम्पियनसिपमा गोरुबथानका कराते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।आजको खेलमा रेहान राईले दोस्रो स्थान ओगट्न सफल बनेका छन्।यसैगरी सियासा प्रधानले तेस्रो स्थान र रेभा प्रधान प्रथम स्थान ओगट्न सफल बनेका छिन्।रेभा प्रधान ,रियान राई र सियासा प्रधान गोरुबथान माल बस्तीमा स्थित सन्त फ्रान्सिस अशिशी विद्यालयका विद्यार्थी हुन्।यसैगरी श्रृजना गुरुङ (होली चाइल्ड स्कुल) तेस्रो स्थान,सचिन राई (अम्बियोक उच्चतर विद्यालय) तेस्रो स्थान,बिनिता थापा (मास्कट एकेडेमी) तेस्रो स्थानमा रहेको जानकारी टिम कोच अनिल राईले दिएका छन्।गोरुबथान करातेका टिम म्यानेजर सायरा राई रहेकी छिन्।

About Author

Advertisement