बानरहाट: बाघपुल संलग्न क्षेत्रका बाँदरहरूलाई मानवता उदाहरण दिँदै मालबजारको एक गैर सरकारी संस्था भारतीय समाज सेवा संस्थाका सदस्यहरूले केरा खुवाएर पेट भराएका थिए| संस्थाका सहायक प्रभारी अधिराज पालले भने, यस क्षेत्रमा फलहरू नपाइने हुनाले आहारको खोजीमा गाउँ अनि शहरतिर पस्ने गरेको छ| ग्रामीण क्षेत्रमा पसेर कृषकहरूको अन्नबालीहरू पनि व्यापक मात्रामा नष्ट गरिदिने गरेको छ| मकैको खेतीको समयमा भने बाँदरहरूले कृषकहरूलाई दिक्कसम्म लगाएको छ| यस्तै समस्याहरूलाई ध्यानमा राख्दै आज भारतीय समाज सेवाद्वारा बाँदरहरूलाई केरा खुवाउने कार्य गरेको थियो| चॉंडै नै यस क्षेत्रमा विभिन्न फलहरूको वृक्षरोपण गरिने पनि तिनले जनाए | जसले गर्दा बाँदरहरूलाई पर्याप्त मात्रमा फलहरू प्राप्त होस्| यस कार्यक्रममा संस्थाका प्रभारी जयनुद्दीन शेख अन्य सदस्य विजय लोहार आदि पनि उपस्थित थिए|