चिन्तन शिविरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति

photocollage_2022102823134071.jpg

गान्तोक: हरियाणाको सुरजकुण्डमा आयोजित चिन्तन शिविरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भाग लिए। देशका गृह मन्त्री अमित शाहको अध्यक्षतामा आयोजित शिविरको उद्देश्य ‘भिजन २०४७’ र ‘पञ्च प्रण’ कार्यान्वयनका लागि कार्य योजना तयार गर्नु रहेको थियो।साइबर-क्राइम प्रबन्धन, पुलिस बलको आधुनिकीकरण, आपराधिक न्याय प्रणालीमा सूचना प्रौद्योगिकीको प्रयोगलाई बढ़ाउनु, भूमि-सीमा प्रबन्धन र तटीय र अन्य आन्तरिक सुरक्षा जस्ता मुद्दाहरू पनि शिविरका महत्वपूर्ण विषय थिए। मुख्यमन्त्री तामाङले शिविरमा सिक्किमले झेल्नु परिरहेका चुनौतीहरूको सन्दर्भमा केही तत्काल र दीर्घकालीन आवश्यकताहरू र हस्तक्षेपहरूमाथि ध्यान आकर्षित गराए।मुख्यमन्त्रीले अझ दुईवटा इण्डियन रिजर्भ बटालियन तयार गर्नु पर्ने, जसमा कमाण्डो तालिमप्राप्त एकाईसहित एउटा महिला बटालियनको प्रस्ताव राखे। उनले राज्यका सुदूर ग्रामीण क्षेत्रहरूको भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न, आपदा प्रबन्धन कार्य गर्न तथा मानिस-पशु संघर्षको सामना गर्न विशेष वित्तीय सहायताको निम्ति अनुरोध गरे।उनले गृह मन्त्रीको निर्देशनमा नशालु पदार्थहरूको दुरूपयोग र तस्करी रोकथामका लागि स्पेशियल एण्टी नारकोटिक डिस्ट्रिक्ट एण्ड स्टेट लेवल टास्क फोर्स गठन गरिएको बताए। शिविर विभिन्न राज्यहरूका गृह मन्त्री, मुख्य सचिव, गृह सचिव, पुलिस महानिदेशक आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement