राज्यमन्त्री भगवन्त खुबाले भाजपा कार्यालयको भ्रमण

IMG_20221028_230419.jpg

गान्तोक: आज साँझ भाजपा कार्यालयको केन्द्रिय केमिकल फर्टिलाइजर, नवीन तथा नवीकरणीय ऊर्जा राज्यमन्त्री भगवन्त खुबाले भ्रमण गरे। उनको आगमनमा गान्तोक जिल्ला अध्यक्ष भानु दाहाललगायत महामन्त्री साङ्गे पल्जर, नगर पार्षद विन्द्या सिन्चुरी, बुर्तुकका मण्डल अध्यक्ष एनबी सुब्बालगायत पार्टी कार्यकर्ताहरूले स्वागत जनाए।
बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री खुबाले पार्टीको सांगठनिक संरचना, गतिविधि साथै अन्य राजनीतिक मुद्दाहरूबारे विभिन्न जानकारी लिए। उक्त जानकारी प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्।
यस क्रममा राज्यमन्त्री खुबाले विशेष गरी राज्यमा केन्द्रिय योजनाहरूको कार्यान्वयनबारे पार्टी कार्यकर्ताहरूसित चर्चा गरे। उनले मोदी सरकारका विविध जनकल्याणकारी योजनाहरूलाई लिएर जनतामाझ जानुपर्ने साथै सबै बुथहरूमा पार्टीको संगठनलाई मजबुत बनाउनुपर्ने कुरामा जोड़ दिए। यस क्रममा भाजपा जिल्ला अध्यक्ष भानु दाहालले राज्यका लम्बित मागहरूबारे पनि राज्यमन्त्रीलाई जानकारी गराएका छन्।
हाल प्रधानमन्त्रीको निर्देशनमा विभिन्न केन्द्रिय मन्त्री तथा राज्यमन्त्रीहरूको सिक्किममा निरन्तर भ्रमण भइरहेको छ भने सबै मन्त्रीहरूले यहाँका जमीनी मुद्दाहरूका साथै पार्टीको संगठन र केन्द्रिय योजनाहरूबारे समीक्षा गरिरहेका छन्। मन्त्रीहरूको भ्रमणले प्रदेश भाजपाको संगठनलाई थप उर्जा प्रदान गर्नका साथै राज्यको समग्र विकासको गतिमा पनि तीव्रता आउने निश्चित रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement