पाकिम: पीठासीन अधिकारीहरूको निम्ति दोस्रो चरणको प्रशिक्षण आयोजन चुनाउ विभागले गऱ्यो। कार्यक्रम आयोजन गर्नुको मुख्य उद्देश्य मतदानको दिन पीठासीन अधिकारीहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराउनु रहेको बताइएको छ। अधिकारीहरूलाई ईभीएममाथि व्यवहारिक प्रशिक्षण पनि दिइयो।
कार्यक्रममा कार्मिक विभागका अतिरिक्त सचिव महेश शर्माले पीठासीन अधिकारीहरूसॅंग सम्बन्धित मुद्दाहरू जस्तै मतदान अघि र पछिको जिम्मेवारी, मकपोल प्रक्रिया, सील प्रक्रिया, मतदान भूमिकाको जिम्मेदवारीबारे जानकारी गराए।
जिल्लापालले जिल्लाका १६४ मतदान केन्द्र मध्ये १५८ मतदान केन्द्रमा चुनाउ हुनेछ भनी बताए। उनले जिल्लामा तीनवटा जिल्ला पञ्चायत र ३६ वटा ग्राम पञ्चायत वार्डमा चुनाउ हुने पनि अवगत गराए। उनले मतदान केन्द्र, मतदानको दिन पीठासीन अधिकारीहरूको समय तालिकाबारे पनि जानकारी गराए।









