नौकायानमा भारतले रजत पदक जिते पनि टेनिसमा निराशाजनक प्रदर्शन

IMG-20261001-WA0060

नयाँ दिल्ली: एशियाई खेलहरूमा भारतले नौकायन (सेलिंग)-मा आफ्नो पहिलो पदक जित्यो। बिहीवार पुरुषहरूका स्किफ स्पर्धामा मनु फ्रान्सिस र प्रिन्स कुरिसिन्किल नोबलको जोड़ीले रजत पदक हासिल गऱ्यो। भारतीय जोड़ी ९ वटा रेसपछि चीनको जोड़ीपछि दोस्रो स्थानमा रह्यो। भारतीय जोड़ीले २३ अंकको साथ रेगाटा (सेलिंग प्रतियोगिता) समाप्त गऱ्यो। वेन जाइडिंग र लियू तियानको चीनको जोड़ीले १६ अंकको साथ स्वर्ण पदक दित्यो। अकीरा ल्यूक सकाई र रसेल आयल्सवर्थको हंगकंगको टोलली २४ अंकको साथ तेस्रो स्थानमा रह्यो। फ्रान्सिस र नोबेलको जोड़ीले लगातार असल प्रदर्शन गऱ्यो। भारतीय जोड़ीको सबैभन्दा असल नतीजा तेस्रो रेसमा आयो, जसमा उनीहरूले जीत हासिल गरे। यसबाहेक भारतीय सेलर्स रेस १, ५ र ९-मा दोस्रो स्थानमा रह्यो। यो एशियाई खेलहरूको पुरुषहरूका स्किफ स्पर्धामा भारतको यो पहिलो रजत पदक अनि यस स्पर्धामा देशको दोस्रो पदक हो। यसअघि वरुण ठक्कर र केसी गणपतिले जकार्ता २०१८-मा काँस्य पदक जितेका थिए। यसबीच भारतीय टेनिस टोली चाहिँ १९८६ पछि पहिलोपल्ट एशियाई खेलहरूबाट पदक नजिती फर्किने तय भएको छ। सुमित नागल पुरुष एकल क्वार्टर फाइनलमा हारेर बाहिर हुनको साथै यस खेलमा भारतको चुनौती समाप्त भयो। पदकको दावेदार युगल टोलीहरू बुधवार नै हारेर बाहिर भएपछि भारतको नजर टुर्नामेण्टको पुरुष एकल ऱ्याङकिंगमा नम्बर १ खेलाड़ी सुमितमाथि थियो। बिहीवार खेलिएको क्वार्टर फाइनलमा सुमितले चीनका यिबिंग वू-विरुद्ध ४-६, ४-६-ले हारको सामना गर्नु पऱ्यो। म्याच १ घण्टा ३८ मिनटसम्म चल्यो। उल्लेखनीय छ, भारतले १९९० पछि एशियाई खेलहरूमा प्रत्येकपल्ट टेनिसमा कम्तीमा एउटा पदक जितेको छ अनि यसपाली पनि कम्तीमा ३ वटा पदकको आशा गरिएको थियो।

About Author

Advertisement