श्रीलंकालाई पराजित गरी पाकिस्तानलाई चुनौती दिन फाइनलमा पुग्यो भारत

IMG-20261001-WA0051

नयाँ दिल्ली: गत विजेता भारतीय पुरुष क्रिकेट टोलीले एशियाई खेलहरू २०२६-को फाइनलमा स्थान बनायो। भारतले बिहीवार खेलिएको एकतरर्फी सेमिफाइनलमा श्रीलंकालाई १२४ रनको रेकर्ड अन्तरले पराजित गऱ्यो। भारतले अब शनिवार खेलिने फाइनलमा चीरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। कोरोगी स्पोर्टस पार्कको कठिन पीचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि श्रीलंकाई टोली ९.५ ओभरमा केवल ४५ रन बनाएर अलआउट भयो। यो कुनै पूर्ण सदस्य टोलीको टी२० अन्तर्राष्ट्रियमा संयुक्त रूपले सबैभन्दा कम्ती स्कोर हो। यसअघि २०१९-मा वेष्ट इण्डिजले ईंग्ल्याण्डविरुद्ध केवल ४५ रन बनाएको थियो। ब्याटिंगको निम्ति कठिन पीचमा श्रीलंकाले पहिलो ओभरदेखि नै विकेट गुमाउन थाल्यो। श्रीलंकाई टोलीको ईनिंग्समा ९ जना ब्याटरले त दहाईको आँकड़ा नै छुन सकेनन् जबकि ५ जनाले त खाता पनि खोलेनन्। यसबाहेक ३ जना ब्याटर रन आउट हुँदा पनि श्रीलंकालाई ठूलो झट्का लाग्यो, जसमा २ जना शीर्ष क्रमका ब्याटर रहेका छन्। श्रीलंकाई ईनिंग्सको दशौं ओभरमा भारतले टीम ह्याट्रिकको साथ जीत हासिल गरी फाइनलमा स्थान बनायो। श्रीलंकाको तर्फबाट नुवानिन्दु फर्नाण्डोले सर्वाधिक १५ रन बनाए। भारतीय बलरहरूमा जसप्रीत बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २-२ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै वैभव सूर्यवंशीले चीरपरिचित मिजासमा सकारात्मक शुरुवात गरे पनि भारतले अभिषेक शर्मा र सञ्जु सेमसनको विकेट लगातार अन्तरालमा गुमायो। यी दुईजनाले ७-७ रन बनाए। सूर्यवंशी २१ बलमा ३८ रन बनाएर आउट भए, जसमा ६ वटा चौका र २ वटा छक्का सामेल छ। यसरी ५९ रनमा सूर्यवंशी आउट भएपछि ईशान किशनले स्थितिलाई सम्हाले। एक प्रान्तमा विकेटको पतन जारी रहे पनि ईशानले अविजित ८० रन बनाएर भारतलाई असल स्कोरसम्म पुऱ्याए। ईशानले ४६ बलमा ५ वटा छक्का र ४ वटा चौकाको सहायताले अविजित ८० रन बनाए। कप्तान श्रेयस अय्यरले १३, अक्षर पटेलले ८, तिलक वर्माले २, शिवम दुबेले ३ र वाशिंगटन सुन्दरले अविजित ७ रन बनाए। श्रीलंकाई बलरहरूमा थारिन्दु रत्नायके र साहान अराछिगेले २-२ विकेट लिए। यसअघि खेलिएको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंग्लादेशलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनायो।

About Author

Advertisement