गान्तोक: बिहीवार सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग केन्द्रिय केमिकल, फर्टिलाइजर, नवीन तथा नवीकरण उर्जा राज्यमन्त्री भगवन्त खुबाले भेट गरे।
यस भेट अवधि राज्यपालले केन्द्रिय राज्य मन्त्रीसॅंग जैविक खेती र केशर खेती विषय चर्चा गरे। सिक्किममा गत केही वर्षदेखि जैविक खेती अभ्यास भइरहेकोमा मन्त्रीले खुशी व्यक्त गरे। यसै गरी, उनले राज्यपालको मार्गदर्शनमा राज्यमा केशरको खेतीको निम्ति प्रयास भइरहेको पनि सराहना गरे।









