भारतीय रेल मार्फत प्रथमपल्ट भोटाङले आयात गऱ्यो इसुजु वाहन

96902ea6-306c-4e72-bc52-db4dac470087

कालचिनी -प्रथमपल्ट छिमेरी राष्ट्र भोटाङले भारतीय रेलको माध्यममा वाहन ढुवानी गरेको छ। यस अघि भोटाङको निम्ति आयातित वाहनहरू जम्मै सड़कमार्ग भएर भोटाङ भित्र्याइन्थ्यो भने प्रथमपल्ट इसुजु भ्यान आज रेलमा ढुवानी गरेर न्यू हाँसीमारा रेल स्टेशनमा ओरालिएको थियो। न्यू हाँसीमारा रेल स्टेशनमा आज जम्मा ७५ वटा इसुजु भ्यान ओरालिएको थियो भने ती भ्यानहरूलाई एसियन हाईवे ४८ हुँदै पासाखा मार्ग दलसिंहपाड़ामा पुऱ्याएपछि भोटाङको चालकहरूले सो वाहनहरू भोटाङ लैजाने ठेकादारले जनाएका छन्।

यता अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंहले आज प्रथमपल्ट न्यू हाँसीमारा रेल स्टेशनमा चेन्नईबाट वाहन लादिएको मालवाहक रेलले भोटाङको निम्ति वाहनहरू ल्याएको र यो अलिपुरद्वार डिभजनको पहिलो प्रयास हो रेलद्वारा भोटाङको निम्ति वाहनहरू ल्याएको र यसरी नै न्यू हाँसीमारा रेल स्टेशनलाई अझै मालवाहक सरसमानहरू ओसार पसार एवम् ढुवानीको केन्द्र बनाउने रेलवेको परियोजना रहेको र पुरानो इण्डियन ओइलको बिल्डिङलाई नयाँगरी बनाइएको र जग्गा विस्तार गर्ने कार्य शुरु भएको र भोटाङ खोलिएपछि अब अझै भोटाङ र भारतमाझको व्यावसाय अनि वाणिज्यिक सम्बन्ध अझै उर्वर बनेर जाने आशा गरिएको जानकारी गराएको छ।भोटाङको लागि चाहिने आवश्यक काँचो पदार्थहरू अब भारतको कुनै पनि कुनाबाट भारतीय रेल मार्फत ल्याउन सकिने र यसमा भोटाङले प्रथमपल्ट चेन्नईबाट आज वाहनहरू ल्याएको र यो पहिलो सफलता भएको अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंहले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement