कालचिनी – प्रत्येक वर्ष काली पूजा र तिहारको अवसरमा कालचिनी खण्डको हेमिल्टनगञ्जमा लाग्ने ऐतिहासिक काली पूजा मेलामा सबै प्रकारको मनोरञ्जन र विविध स्टलहरू भेटाईए तापनि नेपालीभाषी साहित्यप्रेमी अनि पुस्तक पढ़न रुचाउने जमातको निम्ति स्टल नरहेको महसुस गर्दै यसपाली ८८औँ ऐतिहासिक काली पूजा मेलामा सृजनशील समूहको पहलमा नेपाली पुस्तक पसलको एउटा स्टल राखिएको छ।

यस स्टलमा नेपाली साहित्यिक जगतका प्रायजसो सबै प्रकारको कथा, कविता, आख्यान र उपन्यासका सँगालोहरू समेटने जमर्को सृजनशील समूहले गरेको समूहका सचिव चन्दन भट्टराईले जनाएका छन्। मेलामा विशेषगरी चियाबारी बनबस्ती एवम् सहर बजारका नेपालीभाषी लगायत अन्य समुदाय सबैनै घुम्न आउने गर्छन तर कसैले पनि पुस्तक पसलतिर ध्यान नदिएको यद्यपि पुस्तक बिक्री मात्र उद्देश्य नभएर यो वर्तमान नेपाली युवा पुस्तालाई किताब पढ़ने क्षेत्रमा आकर्षण गर्नलाई स्टल शुरु गरिएको र आगामी भविष्यमा अरुले पनि यसलाई अनुसरण गर्दै लैजाउन भन्ने हाम्रो इच्छा रहेको सृजनशील समूहको सचिव चन्दन भट्टराईले जनाएका छन्।









