स्टाफ एण्ड सब-स्टाफ जोइन्ट कमिटीको आह्वानमा मङ्गलबारदेखि ७२ घण्टा काम बन्द

Staff-and-Sub-Staff

कालचिनी: स्टाफ एण्ड सबस्टाफ जोइन्ट कमिटीद्वारा पूर्वघोषित कार्यसूची अनुरुप मङ्गलबारदेखि कमानको स्टाफ एण्ड सबस्टाफहरुले काम बन्द राख्ने अड़ानमा अडिग रहेको छ| यद्यपि यता तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) द्वारा श्रम मन्त्री मार्फत आज चियाबारी श्रमिक लगायत स्टाफ एण्ड सबस्टाफहरूको समस्यालाई लिएर कलकत्तामा पुगेर ज्ञापन दिएपछि आगामी २ जुनको दिन यसमाथि त्रिपक्षीय वार्ता हुने टीसीबीएसयूको अध्यक्ष बिरेन्द्र बारा उराउँले फोन मार्फत जनाएका छन्| अर्कोतिर स्टाफ एण्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा थालिएको गेटसभा आन्दोलन चलिरहेको र कुनै प्रकारको आश्वासन र सकारात्मक सन्देश नआउँदा कमिटीले भोलि बुधबारदेखि ७२ घण्टा आन्दोलनको घोषणा गरिसकेको अब यसलाई पुरा गरेर छोड़ने र भोलिदेखि कमानहरूमा सबै स्टाफ सबस्टाफहरूले काम बन्द राख्ने स्टाफ एण्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट कुमार थोकर, बाबलु लोहार र अमल लामाले संयुक्त रुपमा जनाएका छन्| बन्दमा अस्पताल परिसेवा, बिजुली र पानी सर्वराहको निम्ति केही छुट दिएको पनि आन्दोलनकारी स्टाफ सबस्टाफहरूले बताएका छन्| उता कोलकाताबाट टीसीबीएसयुको अध्यक्ष बिरेन्द्र बारा उराउँले आन्दोलन र बैठक एकसाथ सम्भव हुन नसक्ने भएकोले आगामी २ जुनको दिन सम्पन्न हुने त्रिपक्षीय बैठकले सकारात्मक परिणाम आउने विश्वास रहेको जनाएका छन्| यता स्टाफ एण्ड सबस्टाफ जोइन्ट कमिटीको सदस्यहरूले घोषित कार्यक्रममा कुनै फेरबदल नरहेको र ७२ घण्टाको हड़ताल चल्ने जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement