आग्सुको सक्रियतामा भव्यताका साथ सामूहिक भाइटिका सम्पन्न

00-IMG-20221028-WA0205

कार्बी आङलङ: गोर्खाहरूको रमाइलो चाड भाइटिकाको शुभ मुहुर्तमा बिहिबार आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिको उद्योग बिथुङ आञ्चलिक समिति, कलङा शाखा र कलङाबासी जनमानसको सक्रिय सहयोगमा भव्यताका साथ ऐतिहासिक रूपमा ‘सामूहिक भाइटिका समारोह’ सम्पन्न भयो। आग्सु, पश्चिम कार्बी आङलङ जिल्ला समितिले पश्चिम कार्बी आङलङमा पहिलो पटक ऐतिहासिक रूपमा भव्यताका साथ यो कार्यक्रमको सफल समापन गराउन सक्षम भएको छ। १४ अक्टोबरका दिन सभापति शुक बाहादुर लामा  तथा मूल सचिव मोहन थापाको नेतृत्वमा स्वागतकारिणी समिति गठन भएको थियोl कलङाको पूव कोथेपी प्राथमिक विद्यालयको खुला मञ्चमा उक्त कार्यक्रमको प्रस्तुति आरम्भ भयो। स्थानीय मातृवर्ग-पितृवर्ग, युवा वर्गको सहयोगमा अघि बढ्दै जिल्ला समितिको यो पहिलो प्रयासले समग्र जिल्लामा उत्साह बढेको छ।

मुख्य अतिथिका रूपमा कार्बी आङलङ स्वायत्त शासित परिषदका मुख्य कार्यवाही सदस्यको स्थानमा कार्यवाही सदस्य प्रभात चन्द्र तारोज्यू उपस्थित थिए। निर्दिष्ट वक्ताका रूपमा बुद्धिजीवी तथा सामाजिक कार्यकर्ता बलराम थापा, आमन्त्रित अतिथिका रूपमा कार्बी आङलङ स्वायत्त शासित परिषदका सदस्य माननीय कृष्ण भट्टराई, एसडीओ, वेस्ट कार्बी आङलङ कनकन शर्मा, गोर्खा उन्नयन परिषदका सदस्य संजीव खड्का छेत्री, अनेसास केन्द्रीय उपसभापति रमाकान्त पौडेल, अगोस केन्द्रीय उपसभापति चन्द्र बा छेत्री, भागोप केन्द्रीय सांगठनिक सचिव बिमल प्रधान, अनेसास पश्चिम कार्बी आङलङ जिल्ला सभापति लीला निरौला, मूलसचिव गणेश छेत्री, अगोस कार्बी आङलङ जिल्ला सभापति कृष्ण शर्मा, उपसभापति भरत पौडेल, उपसभानेत्री अम्बिका निरौला, कार्बी छात्र संस्थाका केन्द्रीय सभापति सेमसन तेरनज्यू र मित्रवर्ग, बोडो छात्र संस्थाका जिल्ला सभापति जोनास बसुमतारी र अन्य मित्रवर्ग, हिन्दीभाषी छात्र संस्थाका सांगठनिक सचिव सन्तोष चोहान, जेङ्खा पुलिस थानाका भारप्राप्त प्रभारी हरि छेत्रीज्यू, डंका पुलिसका भारप्राप्त पुलिस माधव बरा, स्थानीय सरकारी गाउँबुडा जय बा. घिमिरे, स्थानिय सरकारी गाउँबुडा साथै स्वागतकारिणी समितिका सभापति शुक बा. लामा आदिको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा जिल्ला समितिले तयार पारेको ज्ञापन पत्र उपस्थित कार्यवाही सदस्य प्रभात चन्द्र तारोज्यूद्वारा कार्बी आङलङ स्वायत्त शासित परिषदका मुख्य कार्यवाही सदस्य सम्माननीय ड. तुलिराम रङहाङ समक्ष प्रदान गर्यो। जसको आधारमा मुख्य कार्यवाही सदस्य अनुपस्थित हुनुभएको खण्डमा उपस्थित कार्यवाही सदस्य तारोले मुख्य कार्यवाही सदस्य सम्माननीय डा. तुलिराम रङहाङको आदेश बमोजिम पश्चिम कार्बी आङलङको हावाईपूरमा एक गोर्खा सांस्कृतिक भवन अति चाँडै निर्माणको घोषणा गरे। बेलुकी ५ बजेदेखि शुरु भएको कार्यक्रम निर्दिष्ट वक्ताको वक्तव्य, भाइटिका, अतिथिको मन्तव्य आदिको साथ स्वागत नृत्य, भैली, देउसी, खुकुरी नृत्य, झ्याउरे नृत्यका रमाइलो तिहारकोविशेषज कार्यक्रम समापन भयोl

About Author

Advertisement