मेगा फूटबल टुर्नामेण्टः हेमराजको ह्याट्रिकले डीएसए क्वार्टर फाइनलमा

IMG_20221028_191054.jpg

२८ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा शुक्रवार दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)–ले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो । बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा डीएसए-ले पीवाईएस रोंगचोंगलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेलले ह्याट्रिक गरे। यसबाहेक एक गोल दीप मंगरले छिराए। यसरी नै पीवाईएस रोंगचोंगबाट प्रदीप राईले गोल गरे। डीएसए-का स्ट्राईकर हेमराजलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा माल एफसी र बीरपाड़ाबीच भिड़न्त हुनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement