गोरुबथान एफसी विजयी

IMG-20221028-WA0239.jpg

२८ अक्टोबरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्ट शुक्रवारदेखि शुरु भयो। अप्पर फागू खेल मैदानमा आज भएको उद्घाटन म्याचमा गोरुबथान एफसी-ले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुमन विश्वकर्मा र तुषार विश्वकर्माले गोल गरे। तुषार विश्वकर्मालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा किशोर संघ (सिलगढ़ी) र सञ्जु फूटबल एकाडमी (सिक्किम)-बीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement