नयाँ दिल्ली: यो हप्ता यूक्रेनको हमलामा रूसका २३ सैनिक मारिएको र ५८ अन्य घाइते भएको रूसका राष्ट्रपति ब्लादिमीर पुतिनको सहयोगी चेचन्याका नेता रमजान कादिरोवले बताएका छन्। टेलीग्राममा पोस्ट गरिएको एउटा बयानमा कादिरोवले उक्त घटना दक्षिण खेरसान क्षेत्रमा भएको बताएका छन्।
लड़ाई शुरू भएपछि मस्को समर्थक बलहरूले शायदै युद्धको मैदानमा ठूलो क्षतिलाई स्वीकार गरेको छ। रमजान कादिरोवले भने, घटनास्थलमा सबै बचाउ अभियान पुरा गरिएको छ। मृतक अनि घाइतेहरूको अन्तिम सूची अनुसार २३ सैनिक मारिएका छन् र ५८ घाइते भएका छन्। रूसको दक्षिण मुस्लिम-बहुल क्षेत्र चेचन्याका प्रमुख कादिरोवले स्वयंलाई पुतिनको पैदल सैनिक बताउॅंछन्। उनले युद्धमा लड्न हजारौं मानिसहरू पठाएको बताएका छन्।
रमजान कादिरोवले भने, हो, त्यस दिन बिहान हाम्रो निकै क्षति भयो, तर चेचन्याका मानिसहरूले जिहादमा भाग लिइरहेका छन्। यदि उनीहरू पवित्र युद्धमा मरिरहेका छन् भने एक सॉंचो मुसलमानको निम्ति यो एउटा सम्मान र खुशीको कुरा हो। उनले यूक्रेनको यस घातक हमलापछि गरिएको प्रतिक्रियामा यूक्रेनका लगभग ७० सैनिक मारिएको पनि दाबी गरेका छन्।









