हामी समूहद्वारा कथाकार सन्ध्या आचार्यलाई सम्मान

IMG-20221028-WA0225.jpg

खरसाङ: भारतीय नेपाली साहित्यको नारी स्रष्टा सन्ध्या आचार्यलाई एक कार्यक्रमबीच सम्मान जनाइएको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा रहेको तितस लेप्चा स्मृति पुस्तकालयमा सम्पन्न एक कार्यक्रमबीच हामी समूहद्वारा स्रष्टा सन्ध्या आचार्यलाई सम्मान जनाइएको छ। एल्डर युनस लेप्चाको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रम तितस लेप्चा स्मृति पुस्तकालयको सभापति बिनिता छेत्रीको अध्यक्षता र हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा यसै वर्ष पहिलो शशिप्रभा स्मृति पुरस्कार प्राप्त गरेकोमा हामी समूहद्वारा कथाकार सन्ध्या आचार्यलाई सम्मान गरिएको छ। कार्यक्रममा हामी समूह र यसको कार्यहरू अनि आजको सम्मान कार्यक्रम विषयमा कथाकार शरण शरदले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा कथाकार सन्ध्या आचार्यलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान पत्रद्वारा सम्मान जनाइएको छ। यस अवसरमा सभाध्यक्षको बाहुलीबाट खदार्पण गरियो भने वरिष्ठ व्यक्ति साकलोप लेप्चाको बाहुलीबाट शल ओढ़ाएर सम्मान गरियो भने हामी समूहका वरिष्ठ सदस्य शरण शरदक बाहुलीबाट सम्मान पत्र प्रदान गरी सम्मान जनाइएको छ।

सम्मानपछि कथाकार सन्ध्या आचार्यले यो सम्मानले आफुलाई अझ लेख्नु पर्ने जिम्मावरी आएको बताउँदै सबैप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा सभाध्यक्ष बिनीता छेत्रीले हामी समूह र कथाकार सन्ध्या आचार्यप्रति तितस लेप्चा स्मृति पुस्तकालयको पक्षबाट धन्यवाद दिएका छन्। कार्यक्रमलाई रेभरेन्ट दया छिरिङ लेप्चाको अन्तिम प्रार्थना र आशिषद्वारा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विषयमा हामी समूहबाट समीर छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै हामी समूह तितस लेप्चासितै हामीले सन् २०१९ मा गठन गरिएको र हामी समूहले योभन्दा पहिला पनि सम्बर्ध्दना कार्यक्रम आयोजना गरेको र यसमा अन्तर्गत हामी समूहकै नारी स्रष्टा सन्ध्या आचार्यलाई प उनलाई पहिलो शशिप्रभा स्मृति पुरस्कार प्राप्त गरेकोमा सम्मान जनाइएको बताएका छन्। उनले आज खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा अवस्थित तितिस लेप्चा स्मृति पुस्तकालयमा सम्पन्न भएको र यस कार्यक्रमको अध्यक्षता पुस्तकालयको सभापति बिनिता छेत्रीले गरेको जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement