दुइवटा ट्र्याक्टर अवैध ढुंगा बोकेकोमा नक्सलबारीमा गरियो जफत

Naxalbari-Police-Station.jpeg

नक्सलबारी: अवैध तथा ओभरलोडिङ ढुङ्गा बोकेको दुईवटा ट्र्याक्टर नक्सलबारी थाना पुलिसले जफत गरेको छ। जानकारी अनुसार हिजो नक्सलबारी थाना पुलिसले यहाँको रथखोला मोडमा अभियान चलाएर दुइवटा ढुङ्गा बोकेको ट्र्याक्टर जफत गरेको छ भने पुलिसलाई देखेर चालकले ट्र्याक्टर छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार अवैध रूपमा ट्र्याक्टरमा ओभरलोडिङ ढुङ्गा बोकेर तस्करी गर्ने उद्देश्यले लगिरहेको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर दुइवटा ट्र्याक्टर जफत गरेर नक्सलबारी थानामा लगेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement