तृणमूल कांग्रेसद्वारा छठ व्रतमा पूजा सामग्री वितरण

IMG_20221028_151228.jpg

सिलगढी: सिलगढी सहरको छेउछाउको डबग्राम-फुलबारी ब्लक तृणमूल कांग्रेसले शुक्रबार छठ व्रतीमा पूजा सामग्री वितरण गर्‍यो। जाब्रभिता क्षेत्रमा आज भक्तजनलाई छठ पूजाका विभिन्न सामाग्री वितरण गरिएको छ भने हरेक वर्ष झै यस वर्ष पनि यस क्षेत्रका करिब २ सय परिवारलाई सारी र नरिवल हस्तान्तरण गरिएको छ। यस अवसरमा डबग्राम-फुलबारी ब्लक तृणमूल कांग्रेस अध्यक्ष सुधा सिंह चटर्जी, जलपाईगुडी जिला परिषद शिक्षा अधिकारी देवाशिष प्रामानिक, तृणमूल कांग्रेस डबग्राम-२ क्षेत्र अध्यक्ष भावेश राई र अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement