नयाँ दिल्ली: ईंग्ल्याण्डका पेस बलर मार्क वुडले लगातार चोटसँग जुझेपछि ३६ सालको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको फसेला गरे। वुडले आफ्नो अन्तर्राष्ट्रिय करियरमा तीनैवटा प्रारूप मिलाएर १४६ वटा म्याचमा २५३ विकेट हासिल गरे। आफ्नो तेज गतिले गर्दा विपक्षी ब्याटरहरूका मनमा आतंक सृष्टि गर्दै वुडले ईंग्ल्याण्डको तर्फबाट ३८ वटा टेस्ट म्याच खेलेर ३०.७९-को औसतले ११९ विकेट लिए। यसरी उनले ७० वटा वनडे म्याचमा ८० र ३८ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ५४ विकेट हासिल गरे। वुडलाई ईंग्ल्याण्डका सबैभन्दा तेज बलरहरूमा एकको रूपमा सदा राख राखिनेछ। उनी २०१५-मा एशेज जित्ने टोली, २०१९-मा आईसीसी वनडे विश्व कप विजेता र २०२२-मा टी२० विश्व कप विजेता टोलीका हिस्सा रहे। वुडले मंगलवार बिहान खेलबाट सन्न्यासको घोषणा गरे। त्यसपछि उनी आफ्नो घरेलु मैदान डरहमको रिवरसाइडमा श्रीलंकाविरुद्ध ईंग्ल्याण्डको पहिलो वनडे म्याचको निम्ति प्रसारण टोलीको हिस्सा बने। २०२५ च्याम्पियन्स ट्रफीको अवधि घुँड़ामा चोट लागेपछि वुडले तेवल एउटा अन्तर्राष्ट्रिय म्याच खेले। उनी गत वर्ष एशेज सीरीजको पहिलो म्याच खेल्न मैदानमा ओर्लिएका थिए तर त्यस म्याचमा उनको घुँड़ामा फेरि चोट लागेको थियो। वुडले लगातार चोटसँग जुझेपछि उनी मानसिक र शारीरिक रूपले थकित भएको बताए। उनले भने, निक्कै लामो समय भएको छ। नोभेम्बरमा पर्थपछि मैले कुनै म्याच खेलिनँ। लगभग डेढ़ सालदेखि मैदान बाहिर रहँदा म भित्रबाट थकित भइसकेको थिएँ अनि यस स्तरमा फेरि फर्किन नसक्ने सोच्न थाले। मेरो अनुबन्ध सेप्टेम्बरमा समाप्त हुनेछ अनि मेरो विचारमा यही सही समय हो। मैले कहिले ईंग्ल्याण्डको निम्ति खेल्न छोड़िनँ तर अहिले जो खेलाड़ी अघि आइरहेका छन्, उनीहरूले असल काम गरिरहेका छन्। उल्लेखनीय छ, वुडले २०१५-देखि ईंग्ल्याण्डको निम्ति तीनैवटा प्रारूपमा स्थान बनाउन शुरु गरेका थिए अनि चाँड़ै टोलीका प्रमुख पेस बलर बनेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरमा वुडले टेस्टमा ८११, वनडेमा १६८ र टी२० अन्तर्राष्ट्रियमा २७ रन पनि बनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि वुड डरहमको तर्फबाट टी२० ब्लास्ट र अन्य फ्रेञ्चाइजी लीगहरूमा खेल्न जारी राख्न चाहन्छन्।





