जलपाईगुडी: जलपाईगुडी सहर नजिकै वाकरगञ्ज क्षेत्रमा शुक्रबार राति भएको चोरीको घटनालाई लिएर पूरै क्षेत्रमा सनसनी फैलिएको छ। गएराति सो क्षेत्रका रञ्जित देवको घरमा चोरहरूले आक्रमण गरेको बताइएको छ। त्यतिबेला उनी घरमा थिएनन्। घटना बाहिर आएपछि प्रहरीलाई यसबारे जानकारी गराइएको थियो। जलपाईगुडी कोतवाली थानाको पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। यहाँ पूजाको समयमा चोरीका घटनाले मानिसहरु आतंकित भएका छन्।









