जलपाईगुडी: बिहीबार साँझ सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई सडकको पर्खालमा ठोक्किएको बताइएको छ। दुर्घटनामा परी २३ वर्षीय अक्रम खानको टाउकोमा गहिरो चोट लागेका कारण मृत्यु भएको बताइएको छ।जानकारीका अनुसार अक्रम आफ्ना साथीसँग मोटरसाइकलमा घुम्न गएका थिए। यसैबीच सडकमा टर्न लिँदा एक्कासी मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्कियो। टाउकोमा गहिरो चोट लागेर उनको मृत्यु भयो भने साथीलाई सामान्य चोट लागेको थियो। उनलाई जलपाईगुडी सुपर स्पेशलिटी अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको थियो।