एशियाई खेलहरूः १० मीटर एयर राइफलमा भारतले जित्यो ३ वटा पदक

IMG-20260921-WA0067

नयाँ दिल्ली: जापानको आइची-नागोयामा जारी एशियाई खेलहरू २०२६-मा भारतीय शूटरहरूका उत्कृष्ट प्रदर्शनको क्रम जारी रहेको छ। सोमवार पुरुषहरूका १० मीटर एयर राइफल व्यक्तिगत स्पर्धामा भारतले २ वटा पदक जित्यो। हिमांशु ढिल्लनले रजत र रुद्रांक्ष पाटिलले काँस्य पदक जिते। हिमांशु फाइनलमा २५२.४ अंकको साथ दोस्रो स्थानमा रहे। यसरी तेस्रो स्थानमा रहने रुद्रांक्षले २३०.९ अंकको साथ काँस्य पदक जिते। स्पर्धामा स्वर्ण पदक चीनका शेन लिहाओको नाममा रह्यो। उनले २५४.२ अंक अर्जित गरी एशियाई खेलहरूमा नयाँ रेकर्डको साथ पहिलो स्थान हासिल गरे। रुद्रांंक्ष पाटिल फाइनलमा लामो समयसम्म स्वर्ण पदकको दौड़मा सामेल थिए तर पछिल्लो चरणमा चीनका शूटरले असाधारण पुनरागमन गरे। रुद्रांक्ष पहिला स्वर्ण पदकको स्थितिबाट तल झरे अनि पछिबाट ९.७-को एउटा खराब शूटले गर्दा तेस्रो स्थानमा पुगे। उनले पुनरागमनको प्रयास गरे पनि अन्तमा काँस्य पदकमै चित्त बुझाउनु पऱ्यो। यसअघि ६० शट्को क्लालीफिकेशनमा रुद्रांक्ष ६३१.८ अंकको साथ तेस्रो स्थानमा रहेका थिए। यसरी सातौं स्थानमा रहने हिमांशुले ६३० अंक हासिल गरेका थिए। पार्थ मानेले ६२८.३ अंक बटुलेका थिए। रुद्रांक्ष र हिमांशुले यसअघि पुरुषहरूका १० मीटर एयर राइफल टीम स्पर्धामा पनि रजत पदक जितेका थिए। यी दुईजनासँग भारतीय टोलीमा पार्थ माने पनि सामेल थिए। टीम स्पर्धामा चीनले स्वर्ण अनि दक्षिण कोरियाले काँस्य पदक जित्यो। यसरी रुद्रांक्ष र हिमांशुले एशियाई खेलहरू २०२६-मा २-२ वटा पदक जितेका छन्। पुरुषहरूका १० मीटर एयर राइफल टीम स्पर्धामा रुद्रांक्ष, हिमांशु र पार्थको भारतीय टोलीले जम्मा १८९०.१ अंक हासिल गऱ्यो। चीनले १८९९.० अंकको विश्व रेकर्ड स्कोरको साथ स्वर्ण पदक जित्यो। यसरी काँस्य पदक जित्ने दक्षिण कोरियाई टोलीले १८८४.२ अंक अर्जित गऱ्यो।

About Author

Advertisement