गान्तोक: राज्य कृषि एवं बागवानी विभाग मन्त्री लोकनाथ शर्मा आज पेमायाङत्से गुम्पामा आयोजित धार्मिक अनुष्ठानमा सहभागी बने।
अनुष्ठानमा रिम्पोछे, बौद्ध भिक्षु र बौद्ध धर्मावलम्बीहरूले राज्यमा शान्ति अनि समृद्धिका लागि प्रार्थना गरिरहेका छन्। मन्त्री शर्माले आयोजक समिति र भक्तहरूसॅंग अन्तक्रिया पनि गरे। उनले ज्ञान र बौद्ध शिक्षाले भरपूर पवित्र अनुष्ठान आयोजन गरेकोमा आभार व्यक्त गरे।