देउसे भैलो कार्यक्रमको आयोजना।

IMG_20221027_213238.jpg

नाम्ची: तिहारको यस माहोलमा सिक्किमको नाम्चीको किसान बजारमा बुधवार देउसे भैलो कार्यक्रमको आयोजना गरिएको थियो्। नाम्ची देउसे भैलो समितिले यस कार्यक्रमको गरेको थियो। कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य आफ्नो संस्कृति र परम्पराको विकास गर्नुका साथै आपसी भाइचारा, प्रेम, शान्ति अनि अमन चैन राख्नको लागि रहेको बताइएको छ। यस कार्यक्रमलाई सफल बनाउन नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, एसकेएम पार्टीको नाम्ची जिल्ला महासचिव प्रभारी एसजे लेप्चा, एसकेएम पार्टीको नाम्ची जिल्ला नारी प्रकोष्टका उपाध्यक्ष प्रभारी कला पालुङ्गा आदिको विशेष सक्रियता रहेको थियो।

About Author

Advertisement