सोनादामा मनबहादुर गुरुङ स्मृति तर्क प्रतियोगिता साथै “मनबहादुर गुरुङका केही नाटक” नामक पुस्तकको लोकार्पण सम्पन्न

ce301b69-46ad-4f58-b422-92e08983a6c2

सोनादा: स्व. मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान अनि सोनादा डिग्री कलेजको संयुक्त आयोजनामा स्व मनबहादुर गुरुङ स्मृति अन्तर माध्यमिक, उच्च माध्यमिक विद्यालय स्तरीय तर्क प्रतियोगिता २०२६ तथा नाट्य सम्मान अलङ्करण समारोह साथै “मनबहादुर गुरुङका केही नाटक” नामक पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोनादास्थित स्कट मिशन बुनियादी पाठशाला भवनमा सम्पन्न गरियो। उक्त कार्यक्रमको अध्यक्षता सोनादा डिग्री कलेजका प्राचार्य डा. योगेश खातीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा. जीवन नामदुङ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ कलाकार मेनुका प्रधान, बुध्द संगम, देवकुमार प्रधान, सोनादा साहित्य संस्थानका पदाधिकारीहरु, सदभावना वरिष्ठ नागरिक मञ्चका सदस्यहरु लगायत स्व मनबहादुर गुरुङका सुपुत्र सुमन गुरुङ, सुपुत्री मञ्जरी गुरुङ लगायत विभिन्न स्कूलका विद्यार्थीहरु अनि शिक्षक शिक्षिकाहरू उपस्थित रहेका थिए। रसिक छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण मेघेन्द्रमणि थापाले राखेका थिए।कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थीहरुले आर्टिफिसियल इन्टिलिजेन्ट अनि अन्य विषयमा रहेको तर्क प्रतियोगितामा भाग लिएका थिए।

यस प्रतियोगितामा जम्मा ८ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस तर्क प्रतियोगितामा सोनादा उच्चतर माध्यमिक विद्यालय विजेता बनेका छन् भने न्युटनस माइन्ड पब्लिक स्कूल उप विजेता बनेका छन्।यस तर्क प्रतियोगितामा सोनादा उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थी यश्री ग्याल्मो तामाङ सर्वश्रेष्ठ तार्किक वक्ताको रुपमा चयन भएका थिए। यस तर्क प्रतियोगितामा निर्णायकको रुपमा आरजे समीर, अमर शर्मा, सहनाज नजिन, केवल सेञ्चुरी रहेका थिए। कार्यक्रममा तर्क प्रतियोगितामा विजेता उपविजेता र सहभागीहरुलाई पुरस्कार वितरण साथै प्रमाण पत्र मुख्य अतिथि र अन्यको बाहुलीबाट प्रदान गरिएको छ। कार्यक्रम अवधि स्व मनबहादुर गुरुङका कृति “मनबहादुर गुरुङका केही नाटक” पुस्तक विमोचन कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरुको बाहुलीबाट लोकार्पण गरिएको थियो। उक्त पुस्तक लोकार्पण कार्यक्रमलाई प्राध्यापक मेघनाथ छेत्रीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले सम्बोधनमा मनबहादुर गुरुङ स्मृति संस्थानले प्रत्येक वर्ष नाट्य कलाकारहरुलाई सम्मान गर्ने परम्परा शुरु गरेका छन् जुन धेरै राम्रो लागेको र यसमा खुशी पनि लागेको बताए। उनले यो कार्यक्रम सानो तर धेरै ठूलो र सम्मानित कार्यक्रम रहेको बताएका छन्‌। डा नामदुङले नाट्य कलाकार ओझेलमा परेको होइन तर हामी ओझेलमा परेको हो किनभने हाम्रो हेर्ने दृष्टि ओझेलमा परेको हो किनभने मरिमित लेप्चाले सत्तरको दशकमा नै हामीलाई नाट्य क्षेत्रमा धेरै दिईसकेका थिए। उनले कलाकार भनेको टिका हो भनी बताएका छन्। उनले कलाकार भनेको साहित्य, कला, समाज र जाति चिनाउने व्यक्ति हुन् भनी बताएका छन्। कार्यक्रममा वरिष्ठ कलाकार मेनुका प्रधान र सभाध्यक्ष डा योगेस खातीले पनि सम्बोधन गरेका थिए। वक्ताहरुले स्व मनबहादुर गुरुङलाई स्मरण गर्दै उनको जीवनी अनि उनीसँग बिताएका आफ्ना तिता मिठा अनुभवहरू सबै समक्ष साझा गर्दै वक्तव्य प्रस्तुत गरेका थिए।

About Author

Advertisement