खरसाङ (१९ सेप्टेम्बर): खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार निवासी एंव मार्टियल आर्ट एण्ड फिटनेश एकादमी खरसाङका बिद्यार्थी इशान्त प्रधानले कोलकातामा भएको पश्चिम बंगाल राज्य स्तरीय कराते चयनमा सिल्भर मेडल जित्न सफल भएका छन्। उक्त कराते टुर्नामेन्ट पश्चिम बंगाल राज्य काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सको आयोजनामा स्कूल गेम्स फेडेरेशन अफ् ईण्डियाको तत्वावधानमा आयोजनामा गरेको थियो। सिविटार निवासी पिता सरित प्रधानका सुपुत्र इशान्त प्रधान खरसाङको सन्त अल्फन्सेस विद्यालयकमा एघारौं श्रेणीमा अध्ययनरत् विद्यार्थी साथै मार्टियल आर्ट एण्ड फिटनेश एकादमी खरसाङमा कराते प्रशिक्षण लिईरहेका छन्। उनी खरसाङको मार्टियल आर्ट एण्ड फिटनेश एकादमी खरसाङका सेन्सी सन्दीप प्रधानको अगुवाईमा अन्य कराते खेलाडीहरुसितै कोलकोता गएका थिए। इशान्त प्रधानले कोलकातामा भएको पश्चिम बंगाल राज्य स्तरीय कराते चयनमा सिल्भर मेडल जितेर आफ्नो गाउँ – समाज, स्कूल र मार्टियल आर्ट एण्ड फिटनेश एकादमी खरसाङको नाम रोशन गरेका छन्।





