सिलगढी: उदयन गुहाको विवादास्पद बयानको बिरूद्ध भाजपा विधायक शंकर घोषले सिलगढी पुलिस स्टेशनमा उजुरी दिएका छन्। आफ्नो उजुरीमा शंकर घोषले पञ्चायत चुनावअघि डराउने प्रयास गर्नुका साथै केन्द्रीय गृह राज्यमन्त्री विरुद्ध यस्तो टिप्पणीले देशको आन्तरिक सुरक्षामा हानी पुराउने आरोप लगाएका छन्।











