खरसाङ: पाँच दिवसीय तिहारको आज अन्तिम दिन चेली माईतीको सम्बन्ध प्रगाढ बनाउने भाइ टिकाको साथमा समाप्त भएको छ। कात्तिक कृष्णपक्षको औंसीको दिन शुरु भएको पाँच दिनको तिहार पर्वको आज अन्तिम दिन कात्तिक शुक्लपक्षको दोस्रो दिन तथा भातृ द्वितीयको साथमा समापन भएको छ। आज भाइ टिकाको दिन दिदी बिहीनहरूले आफ्ना दाजु भाइहरूलाई निधारमा टिका लगाउँदै आशिर्वाद दिएका छन् अनि आफ्ना दाजु भाइहरूको लामो आयुको लागि ओख्खर फुटाएर उनीहरूको जीवन र सुस्वस्थ्यको लागि ईश्वरसित प्रार्थना पनि गरेका छन्। यसको साथै दाजु भाइहरूले दिदी बहिनीहरूलाई यस अवसरमा उपहार पनि दिएर भाइ टिका पालन गरेका छन्। भाइ टिकाको हिन्दु धर्म र नेपाली जातिमा पौराणिक कथा र धार्मिक अनि जातीय परम्परा मानिन्छ र यसको छुट्टै महत्व रहेको छ। तिहारको अन्तिम दिन भाइ टिका खरसाङको विभिन्न क्षेत्रहरूमा हर्षोल्लासको साथमा शान्तिपूर्ण ढंगमा पालन गरिएको छ। दुई वर्ष कोरोना महामारीको कारणले तिहार तेती बेसी हर्षोल्लासको साथमा पालन नगरिएको कारणले यसपाली भने मानिसहरूले खुलेर तिहार पर्व पालन गरिएको छ। गत २३ अक्टोबरको दिन काग तिहारबाट शुरु भएको तिहार आज पाँचौं दिन भाई टिकाको साथमा समाप्त भएको छ। हिजको दिन साना नानीहरूदेखि लिएर जवानहरू र बूढापाकाहरूले पनि धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको देउसी गीत गाएर तिहार मनाएका छन् भने आज चेली माईतीको सम्बन्ध प्रगाढ बनाउने चाढ भाई टिकाको हिन्दु परम्परा अनुसार हर्षोल्लासको साथमा पालन गरिएको छ। कोरोनाकालमा दुई वर्ष शुनसानमा पालन गरिएपछि यसपाली मानिसहरूले खुलेर तिहार पर्वलाई पालन गर्न पाएका छन्। यसपाली २४ अक्टोबरको दिन गाई तिहार अथवा लक्ष्मी पूजा भएपछि हिज गोरू तिहारको दिन पुन: मानसिहरूले सामुहिक रूपमा देउसी गीत गाएर तिहार धुमधामले पालन गरेका थिए। खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा मानिसहरूले देउसी भैलो गाएर धुमधामले तिहार पर्व पालन गरेका छन्। कोरोनाकालको दुई वर्षपछि यसपाली निक्कै रमाइलोसित तिहार पर्व पालन गरिएको छ। तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा तिहारको रमझम निक्कै बेसी देखिएको छ। समष्टीको महानदी, घैयाबारी, तीनधारे लगायत कमान बस्तीतिर पनि तिहार पर्व निक्कै धुमधामले पालन गरिएको छ। मानिसहरूले विभिन्न स्थानहरूमा भिन्ना भिन्नै प्रकारले तिहार पर्व पालन गरेका छन्। विभिन्न क्षेत्रहरूमा गाउँ समाज मिलेर तिहारको पर्वमा रमाइलो बनाउन विभिन्न प्रकारको योजनाहरू बनाएको देखियो। गाउँ समाजका मानिसहरू मिलेर आफ्नो क्षेत्रमा बत्तीको झिलमिली र पूजा अर्चना गर्ने व्यवस्था गरेको देखियो भने गाउँ बस्तीतिर तिहारको अवसरमा विभिन्न प्रकारको मेलाहरू आयोजना गरेर पिङ र अन्य मनोरञ्जनको साधनहरू बनाई रमझम गरेको पनि देखियो। दुई वर्षको कोरोनाकालदेखि छुटकारा पाएपछि मानिसहरूले यसपाली विभिन्न माध्यमले तिहार पर्व पालन गर्दै रमाएको देखियो। यसपाली खरसाङ लगायत तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा तिहार पर्व शान्तीपूर्ण ढंगमा पालन गरिएको छ।










