सिलगढी: सिलगढी नगर निगम अन्तर्गत पर्ने वार्ड नम्बर १७ मा सडक स्तरोन्नति तथा मर्मत सम्भारको काम तीव्रताका साथ भइरहेको छ। स्थानीय बासिन्दाहरूलाई आवतजावतमा सहजता र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नगर निगमले सडक मर्मत तथा पुनःनिर्माण कार्य अघि बढाएको हो।
नगर निगमका अनुसार वार्ड नम्बर १७ को हाकिम पारास्थित बाघाजतिन मार्ग क्षेत्रमा कालोपत्रे (पिच) गर्ने तथा खाल्डाखाल्डी पुर्ने काम भइरहेको छ। सडक मर्मत कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा सवारी चालकहरूले भोग्दै आएको समस्या समाधान हुने र आवतजावत थप सहज बन्ने विश्वास लिइएको छ।
सिलगढी नगर निगमले आफ्नो सामाजिक सञ्जालमार्फत सडक मर्मत कार्यका तस्बिरहरू सार्वजनिक गर्दै नगरवासीको सुविधाका लागि सेवामा निरन्तर खटिरहेको जनाएको छ।





