होटलभित्र पसेर व्यापारीलाई कुटपिट

IMG_20221027_154601.jpg

सिलगढी: सिलगढीको एक होटलमा बदमाशहरूले एक होटल मालिकलाई कुटपिट गरेको सनसनीपूर्ण घटना बाहिर आएको छ। पूरै घटना सीसीटीभीमा कैद भएको छ। जानकारीका अनुसार सिलगढी नगरपालिकाको १५ नम्बर वार्डको राजा राममोहन रोय रोडमा रहेको एउटा होटलमा केही बदमाशहरू प्रवेश गरे र होटल सञ्चालक अरुन्धती कुण्डु र उनका दाजुलाई कुटपिट गरेका थिए। कुटपिटको यो तस्विर होटलको सिसिटिभी क्यामेरामा कैद भएको छ। अर्कोतर्फ, यो घटनापछि शहरभरका व्यवसायीमा आक्रोश देखिएको छ। पीडितले यस विषयमा प्रहरी चौकीमा उजुरी दिएकी छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

https://youtu.be/QBxSUHhQtq4

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement