सिक्किमबासीलाई मुख्यमन्त्री गोलेको विश्वकर्मा पूजाको शुभकामना

FB_IMG_1789665003416

​गान्ताेक। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले पावन पर्व विश्वकर्मा पूजाको अवसरमा सम्पूर्ण सिक्किमबासीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गोलेले ब्रह्माण्डका दिव्य वास्तुकार भगवान् विश्वकर्माको वन्दना गर्दै राज्यमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेका छन्।
​यस पावन अवसरले हाम्रा कालिगड, शिल्पकार, इन्जिनियर, श्रमिक तथा समाजको विकास र प्रगतिमा अहोरात्र खट्ने सम्पूर्ण श्रमजीवीहरूको समर्पण, सीप, सिर्जनशीलता र कलाको सम्मान गर्ने उनले उल्लेख गरेका छन्। सीप, नवप्रवर्तन, लगनशीलता र इमानदार प्रयास नै सबल र समुन्नत भविष्य निर्माणका मुख्य आधारशिला भएको सन्देशमा जोड दिइएको छ।
​मुख्यमन्त्री गोलेले यस शुभ दिनमा हरेक नागरिकलाई अघि बढ्ने र फस्टाउने अवसर मिल्ने गरी एक समृद्ध, प्रगतिशील र आत्मनिर्भर सिक्किम निर्माणका लागि सामूहिक प्रतिबद्धता दोहोर्याउन आह्वान गरेका छन्।
​उनले भगवान् विश्वकर्माले सबैलाई शक्ति, सफलता र समृद्धि प्रदान गरून् भन्दै प्रार्थना समेत गरेका छन्।

About Author

Advertisement