कञ्चनजङ्घा रङ्गशालाको मेला प्राङ्गणमा रू. १.६५ करोडको लागतमा आधुनिक पार्किङ लट निर्माण हुने

FB_IMG_1789664338834

​सिलगढी: सिलगढी शहरमा लामो समयदेखि कायम रहेको सवारी जाम र पार्किङको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ कञ्चनजङ्घा रङ्गशालाको मेला प्राङ्गणमा रू. १.६५ करोडको लागतमा एक आधुनिक पार्किङ लट निर्माण गरिने भएको छ। बिहीबार पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री डा. शङ्कर घोषले यस परियोजनाको शिलान्यास गरे।
​विशेष गरी विधान मार्केट र आसपासका क्षेत्रमा सवारी जामको स्थायी समाधान खोज्न यो पहल गरिएको हो।

मेला प्राङ्गणमा हाल आंशिक पार्किङ सुरु भइसकेको छ भने अब यसको पूर्वाधारलाई अझ सुदृढ र आधुनिक बनाइनेछ। मन्त्री डा. घोषका अनुसार आगामी दुर्गा पूजा अगावै पार्किङको ठूलो हिस्सा सञ्चालनमा ल्याउने र आगामी १५ अक्टोबरसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
​यस परियोजनाको वित्तीय भार सिलगढी जलपाईगुडी विकास प्राधिकरणले व्यहोर्नेछ। योजना अन्तर्गत पेभर ब्लक बिछ्याउने, सीसीटीभी क्यामेरा जडान गर्ने तथा क्षेत्रको सौन्दर्यीकरण गर्ने काम गरिनेछ। यसका साथै शहरका मुख्य भागमा मेला आयोजना गर्नुको सट्टा पर्याप्त पार्किङ सुविधा भएका स्थानहरू (जस्तै कावाखालीस्थित विश्व बङ्ग्ला शिल्पी हाट) मा मेलाहरू आयोजना गर्ने योजना बनाइएको जानकारी पनि मन्त्रीले दिएका छन्।

About Author

Advertisement