भोटेकोशी बाढी: १९१ सवारीसाधन ध्वस्त, ३४४ जना बेपत्ता

IMG-20260917-WA0094

​काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले यातायात क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीका कारण देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा ठूलो क्षति पुग्नुका साथै ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ जना बेपत्ता भएका छन्।
​बाढीको चपेटामा परेर नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनर क्षतिग्रस्त हुँदा ५० मजदुर बेपत्ता भएका छन्। त्यसैगरी बालाजुको नमस्ते पासाङ ल्हामु यातायात प्रालिका १९ बस क्षति हुँदा २१ जना व्यक्ति बेपत्ता भएका छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुगेर दुई चालक बेपत्ता भएका छन्।
​यसै क्रममा हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन् भने नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना मानिस बेपत्ता भएका छन्।
​यस्तै नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ। सवारी दुर्घटना तथा प्राकृतिक प्रकोपको यस विपत्तिमा पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्री बेपत्ता भएका छन्। धादिङ मण्डली यातायात प्रालिको एक बस बाढीमा बग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको जानकारी महासङ्घले दिएको छ।

About Author

Advertisement