एशियाई च्याम्पियन्स ट्रफीः भारतमा नभएर तटस्थ स्थलमा म्याच खेल्ने पाकिस्तानको माग

IMG-20260917-WA0070

नयाँ दिल्ली: पाकिस्तानले एशियाई हकी महासंघ (एएचएफ)-सँग आफ्नो एशियाई च्याम्पियन्स ट्रफी (एसीटी)-का म्याचहरू आयोजक भारतदेखि बाहिर कुनै तटस्थ स्थलमा स्थानान्तरित गर्ने अनुरोध गरेको छ। यसको निम्ति पाकिस्तानले दुई देशबीच संवेदनशीर द्विपक्षीय स्थितिको तर्क अघि राखेको छ। पाकिस्तान हकी महासंघ (पीएचएफ)-ले बताएअनुसार, उनीहरू पुरुष एशियाई च्याम्पियन्स ट्रफीमा देशको निर्बाध र पूर्ण भागीदारी सुनिश्चित गर्न तटस्थ स्थल चाहन्छन्। पीएचएफ अध्यक्ष मोहिउद्दीन अहमद वानीले बताएअनुसार, उनीहरूले पूरा टुर्नामेण्ट या पाकिस्तानका सबै म्याचहरूलाई तटस्थ स्थलमा स्थानान्तरित गर्ने अनुरोध गरेका छन्। वानीले भनेका छन्, यो फसेला पाकिस्तान र भारतबीच वर्तमान संवेदनशीप द्विपक्षीय स्थिति र वर्तमान सुरक्षा परिस्थितिहरूलाई ध्यानमा राखेर लिइएको हो। यसको उद्देश्य राष्ट्रिय खेलाड़ीहरू र अधिकारीहरूका निम्ति सुरक्षित, गरिमापूर्ण र अनुकूल माहोल सुनिश्चित गर्नु हो। उल्लेखनीय छ, एशियाई च्याम्पियन्स ट्रफीको आयोजन २७ अक्टोबरदेखि ५ नोभेम्बरसम्म पञ्जाबको मोहाली र जालन्धरमा गरिनेछ। टुर्नामेण्टमा आयोजक भारतको साथमा पाकिस्तान, मलेशिया, चीन, जापान र दक्षिण कोरियाको टोलीले हिस्सा लिनेछ। पाकिस्तानले भारतसँग राजनैतिक तनाउले गर्दा गत वर्ष भारतमा भएको एशिया कपमा हिस्सा लिएको थिएन। जालन्धरमा २७ अक्टोबरदेखि २ नोभेम्बरसम्म उद्घाटन समारोहको साथमा सबै लीग स्तरीय म्याचहरू खेलिनेछ। त्यसपछि टुर्नामेण्ट मोहाली पुग्नेछ, जहाँ ४ नोभेम्बरमा सेमिफाइनल र ५ नोभेम्बरमा फाइनल म्याच हुनेछ। अहिले तटस्थ स्थलको मागले गर्दा एशियाई च्याम्पियन्स ट्रफीमा पनि पाकिस्तानको भागीदारी अनिश्चित बन्न पुगेको छ। यसबाहेक पाकिस्तानी हकी टोलीलाई भारतमा हुने यस महाद्वीपीय टुर्नामेण्टमा हिस्सा लिन आफ्नो सरकारबाट मञ्जुरी पनि हासिल भएको छैन।

About Author

Advertisement