दार्जिलिङ: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा बिहीबार दार्जिलिङको चौरस्तामा आयोजित कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले दीप प्रज्ज्वलन गरी सम्मानपूर्वक शुभकामना व्यक्त गरेका छन्।

विगत २५ वर्षको आफ्नो सफल सार्वजनिक तथा राजनीतिक कार्यकालमा प्रधानमन्त्रीले दिएको कुशल मार्गदर्शन, सुशासन, गरीब कल्याण र देश निर्माणको अतुलनीय योगदानको मूल्याङ्कन गर्दै उनको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेको जानकारी प्राप्त भएको छ।





