खरसाङमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा ‘एक दिया आशीर्वाद का’ कार्यक्रम सम्पन्न

IMG-20260917-WA0089

खरसाङ: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा बिहीबार खरसाङमा ‘एक दिया आशीर्वादका’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भयो। कार्यक्रममा भाजपा कार्यकर्ता, विभिन्न सरकारी विभागका प्रतिनिधि तथा स्थानीय जनताको सहभागितामा आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति शुभेच्छा व्यक्त गर्दै दीप प्रज्वलन गरिएको थियो। २५ वर्षभन्दा लामो सार्वजनिक जीवनमा निरन्तर राष्ट्रसेवा, जनसेवा र विकासलाई प्राथमिकता दिँदै आएको उहाँको यात्रालाई स्मरण गर्दै सहभागीहरूले उहाँको दीर्घायु, सुस्वास्थ्य तथा सफलताको कामना गरे।प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनको मूल मन्त्रका रूपमा रहेको ‘राष्ट्र प्रथम’ भावनालाई स्मरण गर्दै वक्ताहरूले उनको निरन्तर परिश्रम, अनुशासन र देशप्रतिको समर्पणबारे चर्चा गरे। प्रधानमन्त्रीको सेवायात्रामा व्यक्तिगत सुविधा वा विश्रामभन्दा राष्ट्रहित र जनसेवालाई प्राथमिकता दिएको विषयलाई पनि कार्यक्रममा उल्लेख गरियो।
कार्यक्रममा खरसाङका विधायक सोनाम लामा विशेष अतिथिका रूपमा उपस्थित थिए भने खरसाङ महकुमा शासक इन्चार्ज लाडेन्ला लेप्चा, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिसभ चौधरी, विभिन्न सरकारी विभागका अधिकारी तथा प्रतिनिधिहरू, भाजपा कार्यकर्ता र स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सञ्चालन भइरहेका विभिन्न केन्द्र सरकारका जनकल्याणकारी योजना तथा कार्यक्रमहरूबारे लाभार्थीहरूलाई जानकारी गराइयो। लाभार्थीहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूले प्राप्त गरिरहेका सरकारी सुविधाबारे पनि जानकारी लिइयो।
‘एक दिया आशीर्वाद का’ कार्यक्रममार्फत खरसाङवासीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको हार्दिक शुभकामना दिँदै उनको २५ वर्षको समर्पित सार्वजनिक सेवायात्रा आगामी दिनहरूमा पनि राष्ट्र निर्माण र जनकल्याणमा निरन्तर अघि बढोस् भन्ने शुभकामना व्यक्त गरे भनी चन्दन भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले जानकारी गराएका छन्।

About Author

Advertisement