गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका मन्त्री छिरिङ थेन्डुप भोटियालाई जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री तामाङले मन्त्री भोटियाको सुस्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर सफलताको कामना गरेका छन्।
मुख्यमन्त्रीले मन्त्री भोटियाले आगामी दिनमा पनि समर्पण भावका साथ जनताको सेवा गर्दै राज्यको प्रगति र विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहने विश्वास व्यक्त गरेका छन्।





