गान्तोक: राज्यका स्थानीय उद्यमीहरूद्वारा उत्पादित वस्तुहरूलाई मल, मार्ट र संगठित खुद्रा (रिटेल) बजारहरूमा बिक्री तथा प्रदर्शनीका लागि ठाउँ उपलब्ध गराउने विषयमा ‘सीड सेल’ को टोलीले शहरी विकास तथा खाद्य र नागरिक आपूर्ति मन्त्री भोजराज राईसँग छलफल गरेको छ।
सीड सेलका अध्यक्ष डा. राज लामाको नेतृत्वमा गएको कार्यकारी टोलीले मन्त्री राईसँग भेट गरी स्थानीय उद्यमीहरूलाई बजारसम्म सहज पहुँच पुर्याउने र उत्पादनहरूको बजारीकरण गर्नेबारे छलफल गरेको हो।
यस पहलले स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादनहरू ठूलो उपभोक्ता वर्गसम्म पुर्याउन सहयोग पुग्नुका साथै राज्यको उद्यमशीलता विकासमा योगदान पुग्ने विश्वास लिइएको छ। भेटका क्रममा युवा तथा नवप्रवद्र्धक उद्यमीहरूलाई प्रोत्साहन गर्दै सिक्किमको आर्थिक समृद्धिमा उनीहरूको सहभागिता बढाउन उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।





