पश्चिम बङ्गाल: राज्यस्तरीय विज्ञान सेमिनारमा दार्जिलिङ र कालिम्पोङका छात्रालाई सफलता

FB_IMG_1789583063304

​कालिम्पोङ: कोलकातामा आयोजित ‘पश्चिम बङ्गाल राज्यस्तरीय विज्ञान सेमिनार २०२६’ मा दार्जिलिङ र कालिम्पोङका दुई छात्राले उत्कृष्ट प्रस्तुति दिँदै सफलता हासिल गरेका छन्।​दार्जिलिङस्थित घुम गर्ल्स हायर सेकेन्डरी स्कूलकी छात्रा आकाङ्क्षा तामाङले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ‘शर्मिला मुखर्जी मेमोरियल अवार्ड’ जित्न सफल भएकी हुन्। उनले सन् १८९७ मा एसियाकै पहिलो जलविद्युत् केन्द्रका रूपमा दार्जिलिङलाई उज्यालो बनाएको ‘सिद्रापोङ जलविद्युत् केन्द्र’ को ऐतिहासिक सन्दर्भलाई भारतको भावी ऊर्जा भविष्यसँग जोडेर उत्कृष्ट प्रस्तुति दिएकी थिइन्।​त्यसैगरी, कालिम्पोङ गर्ल्स हायर सेकेन्डरी स्कूलकी छात्रा श्रेयसिनी सुब्बाले देओलो हिल, रेल्ली खोला, गोरुबाथान र कालिम्पोङ सहरका स्थानीय वातावरणीय तथा ऊर्जा समाधानमा आधारित प्रस्तुतिमार्फत कालिम्पोङको प्रतिनिधित्व गरेकी थिइन्।​दार्जिलिङ, तराई र डुवर्स क्षेत्रको नाम राज्यस्तरीय मञ्चमा उच्च राख्न सफल दुवै छात्रा, तिनका विद्यालय तथा शिक्षकहरूलाई यस ऐतिहासिक उपलब्धिका लागि बधाई ज्ञापन गरिएको छ।

About Author

Advertisement