बन विभागका डेपुटी बनमन्त्री बिरबाह हाँसदाद्वारा दुई बनबस्तीमा भ्रमण

9823a721-e8d2-47b3-b262-4876d4440881

कालचिनी –पश्चिम बंगाल राज्यको बन विभागका डेपुटी मन्त्री बिरबाह हाँसदाद्वारा आज अचानक कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ पर्ने दुइवटा बनबस्ती क्रमैले जयन्ती संलग्न रहेको भोटे बस्ती र गंगुटिया बनबस्तीमा भ्रमण रहेको थियो। अचानक यसरी बन विभागको डेपुटी मन्त्री बिरबाह हाँसदाद्वारा दुई बनबस्तीमा भएको भ्रमणबारे प्रकाश्य कसैलाई थाह नभए तापनि गंगुटिया बनबस्तीमा आइपुगेकी मन्त्री बिरबाह हाँसदाको यो भ्रमण पारिवारिक रहेको बताइएतापनि यथार्थमा बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ पर्ने दुइवटा बनबस्ती भोटे बस्ती र गंगुटिया बनबस्तीलाई रिलोकेशन अर्थात अन्यत्र स्थानान्तरण गर्ने सम्बन्धमा सो दुवै बनबस्तीका गाउँलेहरूको अन्तिम निर्णय बुझ्न आइपुगेकी स्पष्ट भएको छ।

गंगुटिया बनबस्तीका बासिन्दाहरूले बताएअनुसार सम्पूर्ण गाउँलेहरूको सामुहिक इच्छा बमोजिम राज्य सरकार समक्ष विगत २०१९ सालमा नै गंगुटिया बनबस्तीलाई सरकारद्वारा तोकिएको भरपाई रकम र सुविधा दिए छोड़ेर जाने गाउँलेहरूले स्वीकृति दिएको थियो र हालै मात्र राज्य सरकारले यसको निम्ति हरियो संकेत दिएकोले अब गाउँ स्थानान्तरण गर्ने पक्षमा गाउँलेहरू रहेको देखिएको छ। आज केहीक्षणको निम्ति राज्यकी  डेपुटी बनमन्त्री बिरबाह हाँसदा गंगुटिया बनबस्ती आइपुग्दा गाउँलेहरूले तिनले भव्य स्वागत जनाएको थियो भने त्यहाँ तिनले गाउँलेहरूसित भलाकुसारी गरेकी थिईन। मिडिया समक्ष खुलस्त केही कुरा बताउन नचाहे तापनि उप बनमन्त्री बिरबाह हाँसदाले गाउँलेहरूको हितमा सरकार रहेको र रिलोकेशनको तयारी चलिरहेको बताउँदै नेशनल टाइगर कन्जर्भेशन अथोरिटी (एनटीसीए) सित यसको कोषको कुरा चलिरहेको र राज्यले यसको पहल गरेको बताएकी छन्।

स्थानीय बासिन्दा असिम पाखरीन र जीवन लामाले रिलोकेशनको कुरालाई राज्यको स्वीकृतिमा ल्याउन जुन भुमिका बक्सा ब्याघ्र प्रकल्प र जिल्ला शासकले गरेका छन् त्यसको निम्ति प्रशासन र मुख्यमन्त्रीप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। यसैपनि दुर्गम ठाउँमा विकासको धारा आइपुग्न सम्भव नभएकोले नै गंगुटिया बनबस्ती बासिन्दाहरूले प्रायः २०१२ सालदेखि बस्ती रिलोकेशनको कुरा बन विभाग समक्ष राख्दै आइरहेको थियो भने बल्ल प्रायः १ दशक पश्चात राज्य सरकारले यसको हरियो संकेत दिएकोले गाउँलेहरूले खुसी जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement